भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यस वर्ष विपदबाट १९ लाखभन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान

यस वर्ष विपदबाट १९ लाखभन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान

मुख्य बुँदा

मनसुनमा १९ लाख ९७ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान

हिमताल विस्फोट, बाढी, पहिरो र डुबानको जोखिम उच्च

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम बढी जोखिममा

पूर्वसूचना, राहत र उद्धार तयारी चुस्त बनाउन निर्देशन

काठमाण्डौ, २८ बैशाख। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपद्को जोखिम उच्च रहने अनुमान गरेको छ । प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपद्को जोखिम उच्च रहेको हो ।

प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा धेरै जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ । मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना छ ।

तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेषगरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुनसक्ने अनुमान छ । प्रतिवेदनमा मनसुन अवधिमा देशभर झन्डै ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान छ । प्रदेशगत विश्लेषणअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ ।

प्राधिकरणले विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित ठाउँको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.