भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यस वर्ष विपदबाट १९ लाखभन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान

यस वर्ष विपदबाट १९ लाखभन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान

मुख्य बुँदा

मनसुनमा १९ लाख ९७ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान

हिमताल विस्फोट, बाढी, पहिरो र डुबानको जोखिम उच्च

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम बढी जोखिममा

पूर्वसूचना, राहत र उद्धार तयारी चुस्त बनाउन निर्देशन

काठमाण्डौ, २८ बैशाख। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपद्को जोखिम उच्च रहने अनुमान गरेको छ । प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपद्को जोखिम उच्च रहेको हो ।

प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा धेरै जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ । मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना छ ।

तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेषगरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुनसक्ने अनुमान छ । प्रतिवेदनमा मनसुन अवधिमा देशभर झन्डै ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान छ । प्रदेशगत विश्लेषणअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ ।

प्राधिकरणले विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित ठाउँको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.