भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा, पर्यटन प्रवर्द्धनमा जोड

सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा, पर्यटन प्रवर्द्धनमा जोड

मुख्य बुँदा 

सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममार्फत घोषणा गरेका हुन्

आगामी आर्थिक वर्षदेखि पूर्वतयारीका काम सुरु गरिने

नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गरिने

पर्यटन क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाइने

अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड लागू गरिने

पर्यटक भिसा प्रणाली पूर्णरूपमा अनलाइन बनाइने

पर्यटन प्रवर्द्धनमार्फत विदेशी पर्यटक आकर्षित गर्ने सरकारको लक्ष्य

काठमाडौँ, २७ वैशाख । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि त्यसका लागि आवश्यक पूर्वतयारीका काम अघि बढाइने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘भिजिट नेपाल २०८५’ आयोजना गर्ने घोषणा गर्नुभएको हो । सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन, विदेशी पर्यटक आगमन वृद्धि तथा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

नीति तथा कार्यक्रममा पर्यटनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार र सेवा क्षेत्रमा सुधारलाई प्राथमिकतामा राखिएको छ । सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति लिएको छ ।

साथै, पर्यटकलाई सहज सेवा उपलब्ध गराउन पर्यटक भिसा प्रणाली पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन गरिने उल्लेख गरिएको छ ।पर्यटन क्षेत्रलाई आर्थिक विकास, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको लक्ष्य रहेको छ ।

‘भिजिट नेपाल २०८५’ अभियान सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक तयारी गरिने सरकारको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.