भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बंगलादेशबाट फर्किए १७ सय नेपाली विद्यार्थी

बंगलादेशबाट फर्किए १७ सय नेपाली विद्यार्थी

काठमाडौं । बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले हालसम्म बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको जानकारी दिएकी हुन् ।

उनले विद्यार्थी फर्किने क्रम जारी रहेको बताइन् । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।

बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.