भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव हत्या

भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव हत्या

काठमाडौं । भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ ।

ती शव शनिबार बिहान स्थानीय कामदारले देखेका थिए । उनीहरूलाई हात बाँधिएको र चोट लागेको अवस्थामा भेटिएको थियो ।

प्रहरीका सुपरिटेन्डेन्ट गिरी प्रसादले स्थानीय मिडियासँग कुरा गर्दै घटनाको गम्भीरतालाई लिएर स्पेसल इन्भेस्टीगेसन टिम (एसआईटी) गठन गरिएको जनाएका छन् ।

मृतकमध्ये एकजना नेपालका २३ वर्षीय रवि राई भएको जनाइएको छ । उनी इलामको पास्थाका भएको समाचारमा जनाइएको छ । अन्य मृतकको भने पहिचान खुलेको छैन ।

 

 


Thali Mobile Pvt.Ltd.