भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज साढे तीन घण्टाका लागि बन्द

मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज साढे तीन घण्टाका लागि बन्द
  • काठमाडौं । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 


Thali Mobile Pvt.Ltd.