भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।

दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.