भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध |

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण तीव्र, पाँच महिनामा ३९ प्रतिशत प्रगति

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण तीव्र, पाँच महिनामा ३९ प्रतिशत प्रगति

मुस्ताङ, १५ पुष । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शनपछि वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, २ र ३ लाई जोड्ने मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा सो सडक योजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत मुक्तिनाथ (पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने) १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो।

मुक्तिनाथ–तेताङ जोड्ने ६ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न सात करोड एक लाख ५६ हजार रुपैयाँ लागतमा २०८१ साल साउन २९ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८३ साल साउन २९ गतेसम्मको समयावधि तोकिएको छ।

पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर जगदीशचन्द्र जोशीका अनुसार १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ ट्रयाक खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको छ। नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भए पनि गत असोजको वर्षाले केही स्थानमा क्षति पुर्‍याएकाले मर्मतसम्भार आवश्यक रहेको उनले बताए।

वडा नम्बर १, २, ३ र ४ लाई चक्रपथमार्फत जोड्ने गरी सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले हालसम्म वित्तीय प्रगति २८.५८ प्रतिशत रहेको र निर्माण कम्पनीले दुई करोड ५६ हजार रुपैयाँ भुक्तानी लगिसकेको बताए।

प्रदेश सरकारद्वारा अघि बढाइएको यो सडक योजना सम्पन्न भएपछि माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटकलाई कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानुपर्ने बाध्यता हट्नेछ। छुसाङदेखि माथिल्लो भेगका नागरिकहरू तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर सजिलै मुक्तिनाथ पुग्न सक्नेछन्।

सडक सम्पन्न भएपछि वारागुङ मुक्तिक्षेत्रका छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा उल्लेखनीय सहजता पुग्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.