भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मुस्ताङमा ‘आरी घोप्टे’ वर्षाले मढारीयाे चिन्ताको बादल

मुस्ताङमा ‘आरी घोप्टे’ वर्षाले मढारीयाे चिन्ताको बादल

मुस्ताङ,  ३१ बैशाख । हिउँका थुप्रा चुलीहरू, सुख्खा हावा, र सफा मौसमको चिनारी बोकेको मुस्ताङ, आजभोलि भिज्न थालेको छ । असामान्य र अकस्मात् रूपमा ‘आरी घोप्टे’ स्थानीय भाषामा अत्यधिक र एकैचोटि ओइरिने वर्षाको भएकाले मुस्ताङवासी चिन्तामा परेका छन्कोर । 

‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत जोमसोममा सम्पन्न ‘क्लाइमेट वर्कसप’ मा स्थानीयहरूमाझ मुस्ताङ बदलिँदैछ, छिटो र अप्रत्याशित रूपमा भन्ने विषयले प्राथमिकता पाएकाे थियाे । नेपाल पत्रकार महासङ्घ मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइलीले गहकिलो स्वरमा भने, “जहाँ कहिल्यै पानी नपर्ने भन्थ्यौं, अहिले पानीले घरका आँगन बगाउन थालेको छ। खेतबारी, गोरेटो, किल्ला सबै भिज्दै छन्, अचेल असुरक्षित लाग्न थालेको छ।”

कार्यक्रममा महासङ्घकी अध्यक्ष सुनदेवी रसाइलीले भनिन “पानीका मुहानहरू सुक्दैछन्, हामीले आफ्ना बस्तीहरू नै सार्न थालेका छौं, यो केवल मौसमको कुरा होइन, अस्तित्वको सङ्घर्ष हो।”

स्याउको देश भनेर चिनिने मुस्ताङमा, अब स्याउका बोटहरूमा रोग लाग्न थालेकाे छ । तापक्रमको अनियमित उतारचढावले फलमा नास, कृषकमा निराशा, र भविष्यमा अन्योलता बोकेको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने “हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ, जलवायु परिवर्तनका कारण कालापत्थरपारिको जिल्ला नबन्ला भन्न सकिन्न ?”

भारी वर्षा, बदलिँदो मौसम र घट्दो सन्तुलनको यो कथा केवल मुस्ताङको मात्र होइन, याे त एक समग्र पर्वतीय सभ्यता रेखामाथिको सन्तुलन गुमाउँदै गएको संकेत हाे ।

 


Thali Mobile Pvt.Ltd.