भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अमेरिका-साउदी रणनीतिक साझेदारीमा नयाँ अध्याय, ठूलाे लगानीकाे घोषणा

अमेरिका-साउदी रणनीतिक साझेदारीमा नयाँ अध्याय, ठूलाे लगानीकाे घोषणा

रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको यो सम्झौता दुई देशबीच हालसम्मकै ठूलो रक्षा सहमति भएको ह्वाइट हाउसले जनाएको छ।

सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले हस्ताक्षर गरेका हुन्। बीबीसीका अनुसार सम्झौताअनुसार साउदी अरबले अमेरिकी रक्षा कम्पनीहरूबाट अत्याधुनिक युद्ध उपकरण, सुरक्षा सेवा तथा प्रविधिहरू प्राप्त गर्नेछ।

सम्झौतामा वायुसेना प्रणालीको स्तरोन्नति, अन्तरिक्ष सुरक्षाको क्षमता अभिवृद्धि, हवाई तथा क्षेप्यास्त्र रक्षा प्रणाली, समुद्री तथा तटीय सुरक्षा, स्थल सेनाको आधुनिकीकरण, सीमा सुरक्षा, र सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति जस्ता विषय समेटिएको छ।

त्यस्तै, ऊर्जा, खनिज स्रोत, र सङ्क्रामक रोग नियन्त्रणसम्बन्धी द्विपक्षीय सहयोगसमेत सम्झौतामा उल्लेख गरिएको छ। साथै, साउदी अरबले अमेरिकामा ठूला लगानी गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सम्झौताअन्तर्गत साउदी अरबले १४ अर्ब २० करोड डलर बराबरको ग्यास टर्बाइन तथा ऊर्जा समाधान प्रविधि खरिद गर्नेछ। साथै, ४ अर्ब ८० करोड डलर मूल्य बराबरका बोइङ ७३७–८ यात्रुवाहक विमान पनि निर्यात गरिने भएको छ।

यो भ्रमणबाट अमेरिका–साउदी सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ। राष्ट्रपति ट्रम्पको यो भ्रमण चारदिने पश्चिम एशिया भ्रमण अन्तर्गत भएको हो, जसको पहिलो चरणमा उनी साउदी राजधानी रियाद पुगेका थिए।

 


Thali Mobile Pvt.Ltd.