भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

गायक प्रविन्स् मोक्तानको नयाँ गीत ‘नाचिदेउ सोल्टिनी’ सार्वजनिक

गायक प्रविन्स् मोक्तानको नयाँ गीत ‘नाचिदेउ सोल्टिनी’ सार्वजनिक

काठमाडौं, २५ चैत । गायक तथा अभिनेता प्रविन्स् मोक्तानको नयाँ नेपाली गीत ‘नाचिदेउ सोल्टिनी’  उनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। तामाङ समुदायको संस्कृति र मौलिकतालाई झल्काउने यो गीतले दर्शक र स्रोतामाझ उत्साह थपेको छ।

यो गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् भने संगीत र गायन स्वयं प्रविन्स् मोक्तानको रहेको छ। गीतको संगीत संयोजन (एरेन्ज) शुक्र दोङ तामाङले गरेका छन् भने मिक्सिङ दिपेश प्रधानले सम्हालेका छन्। यो गीत ल्हासो स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको म्युजिक भिडियोमा माया थोकर तामाङ र सिङ्ग बहादुर तामाङको अभिनय रहेको छ। भिडियोको छायांकन, सम्पादन, कलर ग्रेडिङ, निर्देशन र कोरियोग्राफी कबिन योन्जन तामाङले गरेका छन्। भिडियोको छायांकन नगरकोट, कार्तिके डाँडा, लमी डाँडा, साली नदी, गैरी गाउँ र चाँगु नारायण नगरपालिकाका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ, जसले गीतको दृश्यात्मक सुन्दरता थप बढाएको छ।

‘सेलो गायक’को पहिचान बनाएका मोक्तानले पप सेलो शैलीमा २० देखि २२ वटा गीत गाइसकेका छन्। गीतसंगीतसँगै उनी तामाङ चलचित्र क्षेत्रमा पनि सक्रिय छन्। उनले ‘मायाँला छो’, ‘च्याङ्वा’, ‘सेम्ला दुङ्ला’, ‘मयुङ’, ‘वुरिङ’ लगायत १० देखि १२ वटा तामाङ चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन्। लामो समयदेखि गीतसंगीत र चलचित्र क्षेत्रमा संघर्षरत मोक्तानले आफ्नो कला र मेहनतले दर्शकको मन जित्दै आएका छन्।

यसअघि उनको गीत ‘चिसो चिसो हावाचल्छ’ले निकै सफलता पाएको थियो। नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको ‘नाचिदेउ सोल्टिनी’ले पनि दर्शक र स्रोताको माया पाउने अपेक्षा गरिएको छ। यो गीतले मोक्तानको बहुआयामिक प्रतिभालाई फेरि एकपटक उजागर गरेको छ।

भिडियाे…

 

 


Thali Mobile Pvt.Ltd.