भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

‘नगरकोट घुमौँ, नगरकोट चिनौं’ भन्ने नाराका साथ पर्यटन पर्वद्धन गर्न नगरकोट सडक महोत्सव गरिँदै

‘नगरकोट घुमौँ, नगरकोट चिनौं’ भन्ने नाराका साथ पर्यटन पर्वद्धन गर्न नगरकोट सडक महोत्सव गरिँदै

काठमाडौं । पर्यटकीय गन्तव्यको रूपमा परिचित राजधानीको सबैभन्दा नजिकको क्षेत्र नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट क्षेत्रको विकास र सम्भावनाको क्षेत्रमा अतुलानीय काम गरिरहेको नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा यहि कार्तिक २३ गतेदेखि २५ सम्म सडक महोत्सव आयोजना गरिएको हो ।

नगरकोट घुमौँ, नगरकोट चिनौं भन्ने नाराका साथ आयोजना गरिन लागेको महोत्सवमा सडकमै खाने, सडकमै रमाइलो गर्ने, गराउने र पर्यटकलाई आकर्षित गर्न राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुती रहने समितिका अध्यक्ष नविन गुरुङले बताए ।

नगरकोटमा रैथाने स्थानीय उत्पादन र त्यसको स्वाद चाख्न पाईने भएकाले सबैको उपस्थिति नगरकोटमा हुने प्रवक्ता रोहित मोक्तानले बताए । कोरोना महामारीको कारण सुस्ताएको नगरकोटको आर्थिक गतिविधि र पर्यटनलाई गति दिन महोत्सवले विशेष भूमिका खेल्ने चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामाले बताए ।

महोत्सवमा २५ वटा स्टल रहने भएकाले स्टल बुकिङ्ग खुल्ला गरिएको प्रदिप अधिकारीले बताए । साँस्कृतिक कार्यक्रमले नगरकोट गुञ्जायमान हुने आयोजकले बताएका छन् । कार्यक्रममा काभ्रेको मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौको साँखु नगरपालिकाका मेयरहरू सहित बुद्धिजीवि, समाजसेवि, विभिन्न संघसंस्था र जनसमुदायको उल्लेख्य सहभागीता रहने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.