भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘नगरकोट घुमौँ, नगरकोट चिनौं’ भन्ने नाराका साथ पर्यटन पर्वद्धन गर्न नगरकोट सडक महोत्सव गरिँदै

‘नगरकोट घुमौँ, नगरकोट चिनौं’ भन्ने नाराका साथ पर्यटन पर्वद्धन गर्न नगरकोट सडक महोत्सव गरिँदै

काठमाडौं । पर्यटकीय गन्तव्यको रूपमा परिचित राजधानीको सबैभन्दा नजिकको क्षेत्र नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट क्षेत्रको विकास र सम्भावनाको क्षेत्रमा अतुलानीय काम गरिरहेको नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा यहि कार्तिक २३ गतेदेखि २५ सम्म सडक महोत्सव आयोजना गरिएको हो ।

नगरकोट घुमौँ, नगरकोट चिनौं भन्ने नाराका साथ आयोजना गरिन लागेको महोत्सवमा सडकमै खाने, सडकमै रमाइलो गर्ने, गराउने र पर्यटकलाई आकर्षित गर्न राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुती रहने समितिका अध्यक्ष नविन गुरुङले बताए ।

नगरकोटमा रैथाने स्थानीय उत्पादन र त्यसको स्वाद चाख्न पाईने भएकाले सबैको उपस्थिति नगरकोटमा हुने प्रवक्ता रोहित मोक्तानले बताए । कोरोना महामारीको कारण सुस्ताएको नगरकोटको आर्थिक गतिविधि र पर्यटनलाई गति दिन महोत्सवले विशेष भूमिका खेल्ने चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामाले बताए ।

महोत्सवमा २५ वटा स्टल रहने भएकाले स्टल बुकिङ्ग खुल्ला गरिएको प्रदिप अधिकारीले बताए । साँस्कृतिक कार्यक्रमले नगरकोट गुञ्जायमान हुने आयोजकले बताएका छन् । कार्यक्रममा काभ्रेको मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौको साँखु नगरपालिकाका मेयरहरू सहित बुद्धिजीवि, समाजसेवि, विभिन्न संघसंस्था र जनसमुदायको उल्लेख्य सहभागीता रहने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.