भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

संसदकोषबाट आश्रमलाई १० लाख सहयोग गर्ने सांसद सकुन्तला श्रेष्ठको प्रतिवद्धता

संसदकोषबाट आश्रमलाई १० लाख सहयोग गर्ने सांसद सकुन्तला श्रेष्ठको प्रतिवद्धता

भक्तपुर । बाग्मती प्रदेशका सांसद सकुन्तला श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रमको भवन निर्माणको लागि रु १० लाखबढी बजेट विनियोजन गर्ने घोषणा गरेकी छन ।

मंगलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भएको महायज्ञमा प्रमुख अतिथिका रुपमा सहभागि भएकी सांसद श्रेष्ठले प्रदेश सांसदकोषबाट उक्त रकम सहायोग गर्ने घोषणा गरेकि हुन । सांसद श्रेष्ठले भनिन, “यस्तो पुयण्को कार्य वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले सुरु गर्नुभएको छ ।

यो काम हाम्रो हो । हाम्ले सुरु नगरेतापनि अबको भवन निर्माणको लागि १० लाख बढी बजेट विनियोजन गरेर सहयोग गर्ने छु ।” सन्तान छैनन भनेर अब कुनै आमाबाबु वेवारिसे हुन नपर्ने भन्दै उनले यस्तो घोषणा गरेको बताइन । गत आश्विन ११ गते देखि भक्तपुर चाँगुनारायण नगरपालिका ताथलीमा श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।

आश्रमले पूर्णता प्राप्त नगरेसम्म प्रदेशले सहयोग गर्छः धनेश्वरी प्रजापति
भक्तपुर । ताथलीमा बन्ने भनिएको छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाएसम्म प्रदेशले सहयोग गर्ने बाग्मती प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले बताएकी छन । बुधबार श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएकी सांसद प्रजापतिले यस्तो बताएकी हुन । सांसद प्रजापतिले भनिन्, “प्रदेश सरकार सकारात्मक कार्यको लागि सधै सकारात्मक छ ।” सांसद प्रजापतिले भनिन– “छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाउदा सम्म प्रदेशबाट हुने सहयोगमा पनि पूर्णबिराम लाग्दैन । सधै सहयोगको लागि हाम्रो आवाज पुगिरहने छ ।”

सेवा गर्न कै लागि मलाई सांसद बनाएको होः आले मगर
जनताको सेवा गर भनेर नै मलाई भगवानले पठाएको बाग्मति प्रदेश सभा सदस्य रमा आले मगरले बताएकी छन । पहिलो र दोस्रो कार्यकालका लागि जनताको सेवा गर्न भनेर भगवानले पठाएको उनको भनाइ छ । साँसद आले मगरले भनिन्, “सेवा गर्ने कार्य जोकोहिले पाउदैन । मैले जनताको सेवा गर्ने मौका पाएको छु । बालयोगेश्वर विजयमूर्ति महाराज श्रीले महायज्ञमार्फत आम भक्तजनहरुको सेवा गर्ने मौका पाउनुभएको छ । यो सबै भगवानको लिला हो आह्वान हो ।” छोरीको घर जेष्ठ नागरिक आश्रमा भवन निर्माणको सहयोगार्थ आयोजित महायज्ञमा सहभागि भएकी सांसद आले मगरले यस्तो बताएकी हुन ।

नालाछाप प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाले ३ लाख दान ग¥यो
जेष्ठ नागरिक आश्रम सहयोगार्थ आयोजित उक्त महायज्ञमा नालाछाप प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाले ३ लाख २४ हजार रुपैयाँ सहयोग गरेको छ । समूहका सदस्यले संयुक्त रुपमा रकम जम्मा गरेर सहयोग गरेको सहकारीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.