भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि

काठमाडौँ । फेरी इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको हो । निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन।

निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार भाउ समायोजन गरेको जनाएको छ। आईओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा उल्लेख छ।

निगमले (बिहीवार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

 


Thali Mobile Pvt.Ltd.