भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुरुङमार्गको अन्तिम परीक्षण जारी, साउनदेखि सवारी सञ्चालन गर्ने लक्ष्य

सुरुङमार्गको अन्तिम परीक्षण जारी, साउनदेखि सवारी सञ्चालन गर्ने लक्ष्य

काठमाडौं, ३ जेठ । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङमार्गभित्रका अधिकांश निर्माण तथा प्राविधिक काम सम्पन्न भइसकेको र अहिले सञ्चालनपूर्व आवश्यक परीक्षण तथा व्यवस्थापन अभ्यास भइरहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्र आकस्मिक उद्धार, सवारी व्यवस्थापन र सुरक्षा प्रणालीको परीक्षण भइरहेको छ भने बाहिरी क्षेत्रमा पहिरो रोकथामसम्बन्धी केही काम मात्र बाँकी रहेको छ।

कुल दुई हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको यात्रा समय छोटिने र सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नगद, क्यूआर कोड स्क्यान तथा सवारीमा जडान गरिने इलेक्ट्रोनिक स्टिकरमार्फत स्वचालित भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी पाँच वर्षका लागि युसिन एआरटी कम्पनीले पाएको छ।

आयोजनाका अनुसार दैनिक करिब आठ हजारभन्दा बढी चारपाङ्ग्रे तथा ठूला सवारीसाधन नागढुङ्गा–नौबिसे मार्ग हुँदै आवतजावत गर्ने गरेका छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

सरकारले सुरुङमार्ग प्रयोगका लागि सवारीको प्रकारअनुसार टोल शुल्क पनि निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस तथा मिनी ट्रकका लागि १२५/८० रुपैयाँ, बस तथा सिङ्गल एक्सल ट्रकका लागि २६०/२०० रुपैयाँ र मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेशमा ६०० रुपैयाँ तथा बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।

 


Thali Mobile Pvt.Ltd.