भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मुख्य बुँदा 

नारायणी क्षेत्रमा ४२ प्रजातिका १२,८८७ चरा भेटिए

अघिल्लो वर्षभन्दा प्रजाति र सङ्ख्या दुवै बढ्यो

पाँच समूह बनाएर चरा गणना

पाहुना चरामध्ये खोया हाँस सबैभन्दा धेरै

नेपालमा ९०३ प्रजातिका पक्षी सूचीकृत

जलपक्षीका लागि नारायणी महत्वपूर्ण क्षेत्र

चितवन, माघ ६ । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।

अघिल्लो वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा चराको सङ्ख्या र प्रजाति बढेको हो ।

नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिनुभयो । पोहोर ४१ प्रजातिका ९ हजार ५ सय ४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २ सय ५७ चरा गणना गरिएको थियो ।

यस वर्ष थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ । नेपालमा ९ सय ३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १ सय ६२ प्रजातिका चरा पाइन्छन् ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो । संयोजक चौधरीका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.