भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

समानुपातिकतर्फ १ करोड २ लाख ३० हजार मतपत्र छपाइ

समानुपातिकतर्फ १ करोड २ लाख ३० हजार मतपत्र छपाइ

काठमाडौँ, माघ ६ । जनक शिक्षा सामग्री केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरिसकेको जनाएको छ ।

आउँदो फागुन २१ गते हुने चुनावका लागि मतपत्र छपाइको जिम्मा पाएको केन्द्रले हालसम्म कुल छपाइको करिब ५० प्रतिशत काम सम्पन्न गरिसकेको हो ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले सो लक्ष्यअनुसार कामलाई तीव्रता दिएको जनाएको छ ।

हालसम्म केन्द्रले निर्वाचन आयोगलाई १० लाख ९८ हजार २ सय थान मतपत्र उपलब्ध गराइसकेको छ । यस्तै, पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ३१ बाकस मतपत्रको प्याकिङ गरिएको केन्द्रले जनाएको छ ।

अहिलेसम्म कुल ७ हजार ८ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने अब १२ हजार ९ सय ८९ बाकस मतपत्र प्याकिङ गर्न बाँकी रहेको छ । बाँकी छपाइ र प्याकिङ कार्य तोकिएको समयमै सम्पन्न गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.