भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

ग्रीनल्याण्ड विवादपछि ईयूको प्रतिक्रिया

ग्रीनल्याण्ड विवादपछि ईयूको प्रतिक्रिया

ब्रसेल्स, माघ ६ ।  ग्रीनल्याण्ड विवादका कारण युरोपेली देशमाथि अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि युरोपेली सङ्घ (ईयू)ले तनाव नबढाई वार्ताबाटै समाधान खोज्न चाहेको बताएको छ ।

राष्ट्रपति ट्रम्पले शनिबार ईयू सदस्य राष्ट्रहरू डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्वीडेन तथा गैरसदस्य बेलायत र नर्वेलाई ग्रीनल्याण्ड अमेरिकालाई हस्तान्तरण नगरेसम्म थप कर लगाउने चेतावनी दिनुभएको थियो ।

यसपछि २७ देश सम्मिलित ईयूका नेताहरूले आउँदो बिहीबार ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गर्ने भएका छन् । ट्रान्सएटलान्टिक सम्बन्धलाई असर पार्ने पछिल्ला वर्षकै गम्भीर सङ्कटबारे छलफल हुने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ईयूका व्यापार प्रवक्ता ओलोफ गिलले प्राथमिकता तनाव बढाउनु नभई वार्ता र छलफलमार्फत समाधान निकाल्नु रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकासँग सबै तहमा संवाद जारी रहेको छ ।

तर राष्ट्रपति ट्रम्प आफ्नो अडानबाट पछि नहटे ईयूले विभिन्न प्रतिकारात्मक उपाय अपनाउने तयारी पनि गरिरहेको छ । पहिलो उपायअन्तर्गत गत वर्ष अमेरिकासँग भएको वर्तमान करसम्बन्धी सम्झौता अघि नबढाइनेछ ।

दोस्रो उपायमा अमेरिकाबाट ईयूमा आयात हुने ९३ अर्ब युरो अर्थात् १ सय ८ अर्ब अमेरिकी डलर बराबरको सामानमा युरोपेली कर लगाइने सम्भावना छ । यो व्यवस्था अहिले फेब्रुअरीको सुरुसम्मका लागि रोकिएको छ ।

यदि स्थिति यथावत् रह्यो भने तेस्रो चरणमा ‘बाजुका’ भनेर चिनिने ‘एन्टी–कोर्सियन इन्स्ट्रुमेन्ट’ प्रयोगसहित थप कडा कदम चालिने ईयूको तयारी रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.