भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु

नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु

मुख्य बुँदा

राष्ट्रिय परिचयपत्र अब नागरिकले आफैँ डाउनलोड गर्न सक्ने।

सेवा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परीक्षणका रूपमा सुरु गर्‍यो।

वेबसाइटमार्फत QR कोडसहित कार्ड उपलब्ध हुने।

नाम, जन्म मिति र नागरिकता विवरण आवश्यक पर्ने।

QR कोड स्क्यान गरेर विवरण रुजु गर्न सकिने।

सेवा प्रणालीलाई डिजिटल र सुरक्षित बनाउने उद्देश्य।

काठमाडौं, ५ जेठ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले आफैँ डाउनलोड गर्न सक्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजोदेखि यो सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो।

विभागका अनुसार अब नागरिकले विभागको आधिकारिक वेबसाइटमार्फत फोटो र अनलाइन भेरिफिकेसनसहितको QR कोडयुक्त राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्म मिति र नागरिकता जारी मिति प्रविष्ट गरेर कार्ड डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।

विभागले यस सेवाले सेवा प्रवाहलाई अझ सहज, छरितो र डिजिटल बनाउने अपेक्षा गरेको छ। साथै, सार्वजनिक निकाय तथा संस्थाहरूले अब QR कोड स्क्यान गरेर परिचयपत्रको विवरण रुजु गरी सेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

यसअघि विभागको प्रणालीबाट प्रिन्ट गरिएको परिचयपत्र नम्बरको निस्सा आधारमा सेवा दिइँदै आएकोमा अब डिजिटल QR प्रणालीमार्फत थप सुरक्षित र प्रमाणित सेवा उपलब्ध हुने विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.