भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा

श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा

वासिङ्टन डिसी (एजेन्सी) । पश्चिम एसियामा जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित भएको सम्झौतापछि अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ। यद्यपि केही अमेरिकी सैन्य जहाजहरू अझै पनि सो क्षेत्र आसपास रहने बताइएको छ।

सम्झौता लागू भएपछि इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले प्रारम्भिक प्रतिक्रिया दिँदै सम्झौताप्रति फरक मत भए पनि राष्ट्रहितका आधारमा समर्थन जनाएको बताएका छन्। उनले अमेरिकासँगको वार्तामा कूटनीतिक प्रक्रियालाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्।

सम्झौताका मुख्य बुँदामा स्ट्रेट अफ होर्मुज मार्ग पुनः खोल्ने, इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता र पुनर्निर्माण तथा आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने उल्लेख छ। यद्यपि उक्त कोषमा अमेरिकाको अनिवार्य आर्थिक योगदान हुने व्यवस्था भने छैन।

दुवै पक्ष आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको छ, जसलाई आवश्यक परे थप गर्न सकिने बताइएको छ। सम्झौताको औपचारिक हस्ताक्षर स्विट्जरल्यान्डमा हुने भनिए पनि प्रारम्भिक हस्ताक्षर डिजिटल माध्यमबाट सम्पन्न भइसकेको जनाइएको छ।

यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता कार्यान्वयन सुरु भइसकेको र क्षेत्रीय तनाव कम हुने अपेक्षा गरिएको बताएका छन्। यता अमेरिकाभित्रै केही सांसदहरूले भने यस सम्झौताको आलोचना गर्दै इरानको आणविक गतिविधि नियन्त्रणमा अझै चुनौती बाँकी रहेको टिप्पणी गरेका छन्।

सम्झौताको विरोध र समर्थनबीच पश्चिम एसियामा दीर्घकालीन शान्ति स्थापना हुने वा नहुने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ।

 


Thali Mobile Pvt.Ltd.