भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना आजदेखि औपचारिक रूपमा सुरु

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना आजदेखि औपचारिक रूपमा सुरु

मुख्य बुँदा 

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना आजदेखि सुरु

वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने

शिक्षा मन्त्रालयले सरकारी निर्णयअनुसार विद्यालयलाई निर्देशन दिएको

उपत्यका मेयर्स फोरमले भिन्न तालिका अनुसार भर्ना सुरु गर्न आग्रह गरेको

केही स्थानीय तहले पहिले नै भर्ना प्रक्रिया सुरु गरिसकेका छन्

भर्ना समयतालिकामा देखिएको असहमति र अन्योल जारी

काठमाडौं, १५ बैशाख । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन हुने व्यवस्था गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को निर्णयअनुसार निर्धारित समयमै भर्ना प्रक्रिया सुरु गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

विगतका वर्षहरूमा वैशाख २ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुने परम्परा रहे पनि यस वर्षको सार्वजनिक बिदा तथा अन्य व्यवस्थापनका कारण समय तालिकामा परिवर्तन गरिएको हो।

तर सरकारको निर्णयमा असहमति जनाउँदै काठमाडौँ उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेदेखि नै भर्ना अभियान सुरु गर्न र आजदेखि नियमित पठनपाठन थाल्न उपत्यकाभित्रका स्थानीय तहलाई आग्रह गरेको थियो। यस कारण केही अन्योल सिर्जना भएको देखिएको छ।

यद्यपि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारी निर्णयअनुसार नै आजदेखि भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। यसैबीच, केही स्थानीय तह र विद्यालयहरूले पहिले नै भर्ना प्रक्रिया सुरु गरिसकेका छन् र आजदेखि नियमित कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.