भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लमहीमा लाटोकोसेरो र हुचिल उत्सव हुने, संरक्षण चेतना फैलाउने उद्देश्य

लमहीमा लाटोकोसेरो र हुचिल उत्सव हुने, संरक्षण चेतना फैलाउने उद्देश्य

दाङ, १५ बैशाख । संकटापन्न अवस्थामा पुगेको लाटोकोसेरोको संरक्षण र जनचेतना फैलाउने उद्देश्यले दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गरिने भएको छ।

लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा आगामी वैशाख १८ र १९ गते पहिलो पटक यो उत्सव आयोजना हुन लागेको हो।अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा हुन लागेको यो उत्सवले लाटोकोसेरो संरक्षणमा समुदायलाई सक्रिय बनाउने लक्ष्य लिएको छ।

‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यका अनुसार लाटोकोसेरो किसानको साथीका रूपमा चिनिने महत्वपूर्ण चरा भए पनि अवैध व्यापार र चोरीसिकारीका कारण यसको अस्तित्व संकटमा परेको छ। उनका अनुसार उत्सवले लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षण, जैविक विविधताको महत्व र वातावरणप्रति जिम्मेवारीबारे जनचेतना फैलाउनेछ।

यसअघि पनि संस्थाले धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यस्ता उत्सव सञ्चालन गरिसकेको छ।

दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिनेछ। दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसम्बन्धी विविध प्रदर्शनी तथा कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.