काठमाडौं । पर्साको वीरगञ्ज महानगरवासीका लागि वरदान मानिएको सिर्सिया नदी उद्योगीहरुको लापरबाहीले गर्दा प्रदुषणमा परिणत भएको छ । जुन महानगरबासीको अभिशाप बन्न पुगेको छ । बस्ती नजिक भएर बग्ने सिर्सिया नदी नगरबासीको प्रमुख पानीको स्रोत थियो । तर, पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुका कारण नदीमा प्रदूषित पानी र फोहोर फालेर सिर्सियामा मिसाएपछि नदी दुर्गन्धित भएको छ भने बस्तीमा बस्नै नसकिने अवस्था आएको स्थानीयले बताएका छन् ।
प्रदूषणका कारण सिर्सियामा लेदो बग्ने गरेको छ । नदीमा फोहोर मिसाउने उद्योगलाई स्थानीय सरकारले हालसम्म पनि कारबाहीको दायरामा ल्याएको छैन । कानुनी कारबाही गरिनु पर्ने स्थानीयले माग गरेका छन् नदी प्रदूषणले वीरगञ्जसहित दुई दर्जन गाउँका सर्वसाधारण विस्थापित हुने अवस्थामा आएको छ । सिर्सिया नदीको पानी दुर्गन्धित भएर बस्तीमा बस्नै नसक्ने अवस्था आएको वीरगञ्ज महानगरपालिका–९ का सुभाष महतोले बताए । नदीको धार्मिक र सांस्कृतिक महत्व नामेट हुदै गएको प्रति स्थानीय चिन्तित बनेका छन् ।
बाराको सिमरा पश्चिममा पर्ने रामवनस्थित वन मुहान भएको सिर्सिया नदी पर्साको वीरगञ्ज हुँदै भारतको रक्सौलसम्म बग्ने गरेको छ। औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायत उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोजस्ता विकार वस्तु नदीमा मिसाइँदा दुर्गन्धित बनेको हो । बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर
र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटीका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा दुर्गन्धिले प्रभावित भएका छन् ।प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरु रहेको उल्लेख छ । प्रतिवेदनमा नदी प्रदूषण गर्नेलाई अविलम्ब कारबाही गर्नुपर्ने भनी उद्योगहरुको नाम किटान गरिएको छ ।
तर हालसम्म कुनै कारबाही हुन नसकेपछि स्थानीयले आक्रोष व्यक्त गरेका छन् । प्रदूषण गर्ने उद्योग सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले छलफलका लागि बोलाउने र प्रदूषण नगर्न निर्देशन दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । सुडानमा २० जना नागरिकको ज्यान गएको छ । सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जनाको ज्यान गएको हो...
काठमाडौं । सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुई वटा गाडीबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले लागुऔषध गाँजासहित...
काठमाडौं । जलवायु परिवर्तनको असरले ४० प्रतिशत कृषि उत्पादन कमी आएको छ । गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशतले उत्पादनमा कमी आएको देखाएको हो । गण्डकी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गरेका हुन । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति...