भर्खरै : Sorry, your browser does not support inline SVG.
७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव |

आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ गणेश पुरान महायज्ञ सञ्चालन

आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ गणेश पुरान महायज्ञ सञ्चालन

भक्तपुर । श्री गणेश पुरान महायज्ञ जारी छ । भक्तपुरको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा रहेको मूर्ति मर्मत गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सञ्चालन गरिएको श्री गणेश पुरान महायज्ञ जारी रहेको हो ।

सूर्यविनायक गणेश मन्दिर परिसरमै महायज्ञ भइरहेको छ । वाल तपस्वीनी माता श्री भुवनेश्वरीको सत संकल्पमा महायज्ञ भइरहेको हो । वाचन प्रविण पण्डित श्री अचयतुप्रसाद खनालको मुखारविन्दवाट वाचन भइरहेको छ ।

महायज्ञको क्रममा प्रत्येक दिन विहान दसबजेदेखि १२ बजेसम्म गणेश पुराण वाचन भइरहेको हो । दिउँंसो दुईबजेदेखि चार बजेसम्म संगीतमय गणेश पुरान प्रवचत भइरहेको छ ।

साँंझ सात बजेदेखि नौ बजेसम्म महात्मय भजन कीर्तिन हुने कार्यक्रम भइरहेको हो । चैत २० गते तिल अर्पण, पूर्णाहुति लक्ष्य वतीका महाप्रसादी समापन हुने आयोजक श्री गणेश पुराण मूल आयोजक समितिले जनाएको छ ।

स्थानीय तथा विभिन्न ठाउँंहरुबाट आएका भक्तजनहरुबाट गच्छेले भ्याए अनुसार सहयोग प्राप्त भइरहेको जनाइएको छ । सूर्यविनायकको गणेशको शिरमा रहने मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो । महायज्ञ २० गतेसम्म चल्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.