झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।
परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको राससलाई जानकारी दिए ।
उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए । पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने, “सायद अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ ।
अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ ।” उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए।
पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलोपटक उत्खन गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यसपटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...