भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग

भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग

काठमाडौं, ११ भदौ । रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दुःख व्यक्त गरेको छ।

नेमकिपाका केन्द्रीय समिति सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले जारी गरेको प्रेस वक्तव्यमार्फत बाढी तथा डुबानमा परेकाको तत्काल खोजी, उद्धार, राहत, पुनःस्थापना तथा घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको हाे ।

विपद्को समयमा सबै नेपाली एकजुट भएर उद्धार, राहत र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिँदै नेमकिपाले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन गरी आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

पार्टीले बाढीबाट ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। वक्तव्यमा प्राकृतिक विपद्को पूर्वसूचना प्रणाली निर्माणका लागि छिमेकी देश चीनसँग समेत सहकार्य गर्न सरकारलाई आग्रह गरिएको छ।

उच्च जोखिममा रहेका क्षेत्रमा पुनः बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि पार्टीले सुझाव दिएको छ। त्यस्तै, भविष्यमा बाढीबाट प्रभावित हुन सक्ने महाकाली, कर्णाली, कोशी, मेची लगायतका नदी किनारका बस्तीको अध्ययन गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा अन्य उपयुक्त विकल्पको तयारी गर्न नेमकिपाले सरकारसँग माग गरेको छ।

 


Thali Mobile Pvt.Ltd.