भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

मुख्य बुँदा 

एडीबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७% रहने प्रक्षेपण

यो दर अघिल्लो वर्षको ४.६% भन्दा कम हुने अनुमान

राजनीतिक तनाव र मध्यपूर्व द्वन्द्वले अर्थतन्त्रमा असर

ढिलो मनसुन र बाढीले कृषि क्षेत्र प्रभावित

आगामी वर्ष वृद्धिदर ५% पुग्ने सम्भावना

काठमाडौँ, २७ चैत्र । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

आज सार्वजनिक गरिएको ‘एशियाली विकास परिदृश्य’ प्रतिवेदनअनुसार यो दर सन् २०२५ को तुलनामा १ दशमलव ९ प्रतिशतले कम हो। गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत रहेको थियो।

एडीबीका अनुसार गएको भदौ महिनामा भएको आन्दोलनबाट सिर्जित राजनीतिक तनाव तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपालको आर्थिक वृद्धिदर कमजोर रहने ठहर गरिएको छ।

यसका साथै ढिलो मनसुन र अक्टोबर महिनामा आएको अप्रत्याशित बाढीले कृषि क्षेत्रलाई नराम्ररी प्रभावित पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यद्यपि, आगामी वर्ष आन्तरिक मागमा सुधार, जलविद्युत् निर्यातमा वृद्धि तथा पर्यटन क्षेत्रको पुनरुत्थानसँगै आर्थिक वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

राजनीतिक स्थायित्व कायम भएमा अर्थतन्त्रमा आत्मविश्वास बढ्दै सुधारको गति तीव्र हुने एडीबीको भनाइ छ। त्यस्तै सन् २०२६ मा नेपालको उपभोक्ता मुद्रास्फीति दर करिब ३ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ।

दक्षिण एशियाली क्षेत्रका देशहरूमध्ये भूटानभारत को आर्थिक वृद्धिदर यस वर्ष सबैभन्दा उच्च ६ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने माल्दिभ्स को वृद्धिदर सबैभन्दा कम १ प्रतिशत रहने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.