भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

मुख्य बुँदा 

एडीबीले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७% रहने प्रक्षेपण

यो दर अघिल्लो वर्षको ४.६% भन्दा कम हुने अनुमान

राजनीतिक तनाव र मध्यपूर्व द्वन्द्वले अर्थतन्त्रमा असर

ढिलो मनसुन र बाढीले कृषि क्षेत्र प्रभावित

आगामी वर्ष वृद्धिदर ५% पुग्ने सम्भावना

काठमाडौँ, २७ चैत्र । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

आज सार्वजनिक गरिएको ‘एशियाली विकास परिदृश्य’ प्रतिवेदनअनुसार यो दर सन् २०२५ को तुलनामा १ दशमलव ९ प्रतिशतले कम हो। गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत रहेको थियो।

एडीबीका अनुसार गएको भदौ महिनामा भएको आन्दोलनबाट सिर्जित राजनीतिक तनाव तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपालको आर्थिक वृद्धिदर कमजोर रहने ठहर गरिएको छ।

यसका साथै ढिलो मनसुन र अक्टोबर महिनामा आएको अप्रत्याशित बाढीले कृषि क्षेत्रलाई नराम्ररी प्रभावित पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यद्यपि, आगामी वर्ष आन्तरिक मागमा सुधार, जलविद्युत् निर्यातमा वृद्धि तथा पर्यटन क्षेत्रको पुनरुत्थानसँगै आर्थिक वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

राजनीतिक स्थायित्व कायम भएमा अर्थतन्त्रमा आत्मविश्वास बढ्दै सुधारको गति तीव्र हुने एडीबीको भनाइ छ। त्यस्तै सन् २०२६ मा नेपालको उपभोक्ता मुद्रास्फीति दर करिब ३ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ।

दक्षिण एशियाली क्षेत्रका देशहरूमध्ये भूटान र भारत को आर्थिक वृद्धिदर यस वर्ष सबैभन्दा उच्च ६ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने माल्दिभ्स को वृद्धिदर सबैभन्दा कम १ प्रतिशत रहने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.