भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

आठबिस नगरपालिकाकाे तिलेपाटा स्वास्थ्य चौकीमा बृहत् क्षयरोग (टीबी) खोजपड्ताल शिविर हुने

आठबिस नगरपालिकाकाे तिलेपाटा स्वास्थ्य चौकीमा बृहत् क्षयरोग (टीबी) खोजपड्ताल शिविर हुने

दैलेख, २८ चैत्र । आठबिस नगरपालिकाको आयोजनामा मिति २०८२ साल चैत्र २९ गते तिलेपाटा स्वास्थ्य चौकीमा बृहत् क्षयरोग (टीबी) खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ।

नगरपालिकाले समुदायमा लुकेर रहेका सम्भावित टीबी बिरामीको पहिचान तथा समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गर्न लागेको जनाएको छ।

शिविरमा विशेषगरी आठबिस–९, आठबिस–७ र आठबिस–३ लगायत आसपासका वडाका सर्वसाधारणलाई उपस्थित भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिएको छ।

सम्बन्धित निकायले सबै स्थानीय बासिन्दाहरूलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षणको अवसर सदुपयोग गर्न आग्रह गरेको छ। टीबी जस्तो संक्रामक रोग समयमै पहिचान र उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्ने भएकाले यस्ता शिविरको महत्त्व रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.