भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठबिस नगरपालिकाकाे तिलेपाटा स्वास्थ्य चौकीमा बृहत् क्षयरोग (टीबी) खोजपड्ताल शिविर हुने

आठबिस नगरपालिकाकाे तिलेपाटा स्वास्थ्य चौकीमा बृहत् क्षयरोग (टीबी) खोजपड्ताल शिविर हुने

दैलेख, २८ चैत्र । आठबिस नगरपालिकाको आयोजनामा मिति २०८२ साल चैत्र २९ गते तिलेपाटा स्वास्थ्य चौकीमा बृहत् क्षयरोग (टीबी) खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ।

नगरपालिकाले समुदायमा लुकेर रहेका सम्भावित टीबी बिरामीको पहिचान तथा समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गर्न लागेको जनाएको छ।

शिविरमा विशेषगरी आठबिस–९, आठबिस–७ र आठबिस–३ लगायत आसपासका वडाका सर्वसाधारणलाई उपस्थित भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिएको छ।

सम्बन्धित निकायले सबै स्थानीय बासिन्दाहरूलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षणको अवसर सदुपयोग गर्न आग्रह गरेको छ। टीबी जस्तो संक्रामक रोग समयमै पहिचान र उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्ने भएकाले यस्ता शिविरको महत्त्व रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.