भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ पक्राउ

देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ पक्राउ

काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखडस्थित गौरभ आचार्यको घरमा लागुऔषध सेवन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा उनीहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको छ।

कैलालीकै टिकापुर नगरपालिका–९ खक्रौलाको चेकपोष्ट नजिक टिकापुर–१ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागुऔषध फेला परेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको छ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिकास्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ बस्ने विवेक राना, आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ६६० मिलिग्राम लागुऔषध फेला परेपछि पक्राउ गरेको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१९ का रोहित बोगटी र लोकेन्द्र खड्कालाई ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित जम्मा ५ ग्राम ६६० मिलिग्राम लागुऔषध फेला परेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.