काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखडस्थित गौरभ आचार्यको घरमा लागुऔषध सेवन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा उनीहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको छ।
कैलालीकै टिकापुर नगरपालिका–९ खक्रौलाको चेकपोष्ट नजिक टिकापुर–१ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागुऔषध फेला परेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको छ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिकास्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ बस्ने विवेक राना, आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ६६० मिलिग्राम लागुऔषध फेला परेपछि पक्राउ गरेको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१९ का रोहित बोगटी र लोकेन्द्र खड्कालाई ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित जम्मा ५ ग्राम ६६० मिलिग्राम लागुऔषध फेला परेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई...
भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका...
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने...