भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।उहाँलाई आज बिहान काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।

सीआईबीका एआईजी मनोज केसीका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि जेनजी आन्दोलनका क्रममा उहाँको निवासमा भएको आगजनीपछि त्यहाँबाट नेपाली रुपैयाँसहित ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेको दाबी गरिएको थियो।

सोही विषयलाई आधार बनाएर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ। यस्तै, खड्कामाथि स्काउटको जग्गा हिनामिना गरेको आरोपसमेत लाग्दै आएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.