भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा

सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा

काठमाडौँ, २० साउन । भारतको बिहार राज्यस्थित सितामढीबाट मल खरिद गरेर फर्किने क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान भारतीय प्रहरीको हिरासतबाट रिहा भएका छन्।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई एक महिनाअघि मल खरिद गरी नेपाल फर्किने क्रममा भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहका अनुसार भारतीय अदालतले दुवै जनालाई जमानतमा रिहा गर्न आदेश दिएको छ। उनका अनुसार अदालतबाट रिहाइको आदेश यसअघि नै हुने अपेक्षा गरिए पनि सम्बन्धित न्यायाधीश बिदामा रहेकाले प्रक्रिया ढिलो भएको थियो।

अदालतले जमानतमा रिहा गर्न आदेश दिए पनि भारतीय कानुनी प्रक्रियाअनुसार स्थानीय एक जना भारतीय नागरिक साक्षी बसेपछि मात्रै उनीहरूलाई औपचारिक रूपमा घर फर्किन अनुमति दिइनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू बिहीबार नेपाल फर्किने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.