भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

ब्राजिलमा बाढीपहिरोमा २५ जनाको मृत्यु, तीन दिन शोक घोषणा

ब्राजिलमा बाढीपहिरोमा २५ जनाको मृत्यु, तीन दिन शोक घोषणा

एजेन्सी । ब्राजिल को दक्षिण–पूर्वी राज्य मिनास जेरेइस मा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी क्षति जुइज दि फोरा शहरमा भएको छ । उक्त शहरमा मात्रै १८ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यसैगरी उबा शहरमा सात जनाको मृत्यु भएको जनाइएको छ ।

रातिको समयमा घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका छन् । उद्धारकर्मी तथा स्थानीय बासिन्दाले भग्नावशेष र हिलो पन्छाउँदै हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन् ।

लुइज इन्सियो लुला दा सिल्भा ले घटनाप्रति दुःख व्यक्त गर्दै जुइज दि फोरामा आपत्काल घोषणा गरेका छन् । उनले राहत, उद्धार तथा पुनर्निर्माणका कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको बताएका छन् ।

जुइज दि फोरामा मात्रै करिब साढे चार सय परिवार घरबारविहीन भएका छन् । शहरकी मेयर मार्गारिदा सालोमाओ ले घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भएको उल्लेख गर्दै तीन दिन शोक मनाउने घोषणा गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.