भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

निर्मला हत्या प्रकरणः सडकमा न्याय खोज्दै अधिकारकर्मी

निर्मला हत्या प्रकरणः सडकमा न्याय खोज्दै अधिकारकर्मी

काठमाडौं । माइतीघर मण्डला सडकपरिसरमा तराजुको पृष्ठभूमिमा निर्मला कुर्मीको न्याय मागिरहेको दृश्य ७८ दिन देखि नै छ । अनशनरत महिला अधिकार मञ्चकी अध्यक्ष रुबी खानसहितको टोली न्याय मागिरहेको छ । २५ माघ ०७५ को राति अचानक बेपत्ता भएकी बाँके नेपालगन्ज उपमहानगरपालिका– १७, परस्पुरकी निर्मला कुर्मीको अपहरणपछि हत्या भएको पुष्टि १४ पुस ०७७ मा भएको थियो ।

यो विषयमा अनुसन्धान थाल्न नै तीन वर्ष लाग्यो । तीन वर्षमा चार चरणसम्मको कठिन आन्दोलनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेर ११ महिनाअघि प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । मुद्दा दर्ता गर्न भन्दै प्रधान कार्यालयले त्यतिवेलै जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रतिवेदन पठाएपछि अझै सरकारी वकिलको कार्यालयमा भने पेस हुन सकेको छैन ।

न्यायिक प्रक्रियामा विलम्ब हुनुको कारण हो, सत्ता र शक्तिसँग आरोपीको पहुँच । रुबी हत्याका मुख्य आरोपी नेपालगन्ज– १७ का बादशाह कुर्मी कांग्रेस नेता हुन् । गत प्रदेश सभा निर्वाचनमा लुम्बिनीबाट प्रत्यक्ष निर्वाचित उनलाई कांग्रेसले गत ९ साउनमा प्रदेश मन्त्रीसमेत बनायो । तर, त्यसको सर्वत्र विरोध भएपछि कांग्रेसले उनलाई मन्त्रीबाट राजीनामा गराएको थियो ।

राज्यको उच्च पदमा नियुक्त गरेपछि त्यसको विरोधमा अधिकारकर्मी रुबीसहितको टोलीले २५ साउनदेखि माइतीघर मण्डलामा अनशन थाल्यो । अहिलेसम्म निरन्तर अनशनमा रहेको टोलीले यसबिचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पटक–पटक मार्च गर्‍यो । गृह मन्त्रालयका अधिकारी भेट्यो । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गरायो । बिहीबार महराजगन्जस्थित राष्ट्रपति निवासअघिको प्रदर्शन यसैको निरन्तरता थियो । तर, उनीहरूको माग अझै पूरा हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.