भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

रेडपाण्डाको अवस्था पहिचान गर्न म्याग्दीमा ‘क्यामेरा ट्यापिङ’ सुरु

रेडपाण्डाको अवस्था पहिचान गर्न म्याग्दीमा ‘क्यामेरा ट्यापिङ’ सुरु

मुख्य बुँदा

म्याग्दीको धौलागिरि गाउँपालिकामा रेडपाण्डा अध्ययनका लागि क्यामेरा जडान

जलजला, मुना, मरेनी र ढोरपाटन क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ सुरु

१२ वटा स्वचालित क्यामेरा जडान गरी निगरानी

रेडपाण्डाको तस्बिर/भिडियोबाट संख्या अनुमान गर्ने योजना

दिसा परीक्षणमार्फत स्वास्थ्य अवस्था र परजीवी अध्ययन भइरहेको

यसअघि पनि केही क्यामेरामा रेडपाण्डा देखिएको पुष्टि

करिब ६ देखि २५ वटा रेडपाण्डा बसोबास गरेको अनुमान

नेपालमा रेडपाण्डाको संख्या ५०० देखि १,००० रहेको अनुमान

सङ्कटापन्न सूचीमा रहेको वन्यजन्तु भएकाले संरक्षण प्राथमिकता

चोरी सिकारमा कडा कानुनी सजायको व्यवस्था (कैद र जरिवाना)

म्याग्दी, ५ जेठ । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे) को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस नेपाल) ले जलजला, मुना, मरेनी र ढोरपाटन क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट रेडपाण्डाको अवस्था अध्ययन सुरु गरेको हो।

कार्यक्रम अधिकृत पवन राईका अनुसार रेडपाण्डाको आवतजावत हुने सम्भावित क्षेत्र र दिसा भेटिएका स्थानमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको छ।

क्यामेरामा कैद हुने तस्बिर तथा भिडियोका आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यस क्षेत्रमा रेडपाण्डाको स्वास्थ्य अवस्था र आन्द्रामा हुने परजीवीबारे पनि अध्ययन भइरहेको छ।

प्राविधिक टोलीले रेडपाण्डाको दिसा परीक्षणमार्फत स्वास्थ्य अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको छ। यसअघि जलजलामा जडान गरिएका तीन क्यामेरामध्ये दुईवटामा रेडपाण्डा देखिएको थियो। सो क्षेत्रमा करिब ६ देखि २५ वटासम्म रेडपाण्डा बसोबास रहेको अनुमान गरिएको छ।

स्थानीयवासीले विभिन्न समयमा ढोरपाटन शिकार आरक्ष र आसपासका क्षेत्रमा रेडपाण्डा देखिएको तस्बिर तथा भिडियो सार्वजनिक गर्दै आएका छन्। रेडपाण्डा समुद्री सतहबाट २,२०० देखि ४,५०० मिटर उचाइमा बसोबास गर्ने गर्दछ र सरकारले यसलाई सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

नेपालमा रेडपाण्डाको अनुमानित सङ्ख्या करिब ५०० देखि १,००० रहेको बताइएको छ। यो प्रजाति नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र पाइन्छ।

 


Thali Mobile Pvt.Ltd.