भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन सक्दैनः माधव नेपाल

प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन सक्दैनः माधव नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन नसक्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले पनि प्रतिगमनकारी शक्तिहरूले परिवर्तन उल्ट्याउने सोच बनाइरहेको र परिवर्तनबाट नेपाली समाज पछाडि जान नसक्ने बताएका हुन् ।

उनले भने, “संविधानमा संशोधन गनुपर्नेछ भने यसलाई सबै राजनैतिक दलहरु मिलेर गरौं तर यसलाई सहजै उल्ट्याउने कुरा कल्पनासमेत नगरे हुन्छ ।”

कुराकानी कै क्रममा नेपालले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताए । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ग्रीन सिग्नल दिएको बताउदै नेकपा एमाले लगायतका विभिन्न घटक र समूहरुसँग कुरा भएको बताए ।

त्यस्तै एकिकृत समाजवादी पार्टी फुटाउने कोसिस भइरहको भए पनि त्यो सफल नहुने बताउँदै पार्टीभित्र त्यस्तो लक्षण नरहेको स्पष्ट पारे । उनले भने, “हल्ला चलेको हो । दलको बैठक बोलाएको पनि हो । पार्टीभित्र त्यस्तो लक्षण छैन । पार्टीमा आयाराम र गयाराम भइरहन्छन् । गयाराम भन्दा आयाराम बढी छन् , तर पार्टी फुटाउने कोसिस कसैले गरेको छ भने त्यो सफल हुँदैन ।”

प्रधानमन्त्री बन्ने कुरामा पहिला पनि परिस्थितिवस आफु प्रधानमन्त्री भएको र कसैसंग मागेर त्यो पदमा नपुगेको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.