भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ जना घाइते

पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ जना घाइते

खाँदबारी । मंगलबार रातिको अविरल वर्षापछि खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परी अरुण तेस्रो जलविधुत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको छ भने घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । सामान्य घाइतेहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो ।

जलविधुत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् । कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.