भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अब नेपालमा भारतले सिधै २० करोडसम्मको अनुदान दिन सक्ने

अब नेपालमा भारतले सिधै २० करोडसम्मको अनुदान दिन सक्ने

काठमाडौं । अब भारतले सिधै अनुदान दिन सक्ने भएको छ । भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिन सक्ने भएको हो । यसअघि यस्तो सीमा ५ करोड रुपैयाँ थियो ।

मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई–इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

अब भारतले २०८३ साउन २० गतेसम्म यसअन्तर्गत कार्यक्रम गर्न पाउँछ । तर अर्थ मन्त्रालयबाट भने स्वीकृति लिनुपर्ने प्रावधान यथावत् राखिएको छ ।

नेपाल–भारत संयुक्त आयोगको आज बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका अधिकारीबीच २० करोड रुपैयाँसम्मका परियोजनामा भारतले सिधै अनुदान दिन सक्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

यसैगरी एक्जिम बैंकबाट लिइएका ऋणका सर्त पुनरावलोकन गर्न भारत तयार भएको छ । यसैबीच दुई देशका अधिकारीहरुबीच काठमाडौं–रक्सौल रेलमार्गको काम अघि बढाउने विषयमा पनि छलफल भएको छ । भारतले दिएको डीपीआर प्रतिवेदनमा नेपालले आफ्नो राय दिई अन्तिम रुप दिने सहमति भएको भौतिक पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.