भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

जसले ३५ फिट गहिरो इनारमा पसेर नुतनलाई निकाले

जसले ३५ फिट गहिरो इनारमा पसेर नुतनलाई निकाले

काठमाडौं । सबैले माघे संक्रान्ति मनाइरहेका बेला बिहान ठिक पौने १० बजेतिर दोलखाकी नूतन प्रधान लुगा धोइरहेकी थिइन् । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं २ इमाडोल कृष्णमन्दिर नजिकै इनारको माथि चढेर डोरीमा लुगा सुकाउँने बेला एक्कासी ढक्कन फुत्केर नुतन प्रधान इनार भित्र खसिन् ।

तत्कालै घरका परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरे । त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली रस्थानीयबासीहरु जुटे । माघको चिसोमा करिब ३५ फिट गहिरो इनारमा खसेकी नूतन ठोक्किँदै झरेकोले सामान्य चोटपटक लागेको छ ।

प्रहरी आइसकेपछि नुतनलाई डोरी दिएर बाहिर निकाल्ने प्रयास गरे पनि असफल भएपछि इनारभित्रै गएर निकाल्नुपर्ने निष्कर्षमा प्रहरी पुग्यो । लगातार रुपमा जुटेका उद्धारकर्मीमध्येबाट नेपाल प्रहरीका जवान गोविन्द परियार इनार भित्र पसे ।

३५ फिट तल पुगेर अर्को व्यक्तिलाई उद्धार गर्नु पक्कै सजिलो काम छैन, तर कर्तव्यबोध गर्दै गोविन्दले ज्यानको बाजी नै लगाएर इनारभित्र पसे सकुशल नुतनलाई बाहिर निकाल्न अहम् प्रयत्न गरे ।

साढे २ घन्टाको मेहनतपछि नूतनलाई बाहिर निकाल्न सफल भए । ढाडमा र खुट्टामा सामान्य चोटपटक लागेकी नुतनलाई परिक्षणका लागि अस्पताल लगियो । उनको अवस्था सामान्य छ ।

राजधानीका अधिकांश घरमा इनार छन् । मानिसहरुले इनारमा चढ्दा ख्याल गर्नुपर्ने उद्धारकर्मीले सबैमा अनुरोध गरेको छ । करिब एक साताअघि मात्रै जावलाखेलको कुसुन्तीस्थित एक घरमा रुख काट्दै गर्दा लडेर इनारमा परेका पुरुषको ललितपुर नगर प्रहरीले उद्धार गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.