भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

ने.रा.द.स.क.संघ नुवाकोट अध्यक्षमा सुर्खेती सर्वसम्मत, दलित अधिकारका निम्ति लड्ने प्रतिवद्धता (भिडियो)

ने.रा.द.स.क.संघ नुवाकोट अध्यक्षमा सुर्खेती सर्वसम्मत, दलित अधिकारका निम्ति लड्ने प्रतिवद्धता (भिडियो)

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नुवाकोटमा सम्पन्न छैठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा राम बहादुर सुर्खेती सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार विदुरमा सम्मपन्न अधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा आशिष कुमार मिजार, सचिवमा राजु मगराती, सह–सचिवमा श्याम बहादुर रोक्का, कोषाध्यक्षमा स्मृति नेपाली निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बिक्रम नेपाली, संगम मिजार, सीता नेपाली, हिरादेवि सुनार, वीर बहादुर सुनार र सुरेश मिजार निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई सपथ खुवाउदै संघका केन्द्रीय सदस्य मिना स्वर्णकारले दलित समुदायको पक्षमा जोडदार आवाज उठान र पालिका स्तरमा लक्षित वर्गको बजेट सहितरिकाले वितारण भएको छ कि छैन ? गर्न आवश्यक निर्देशन दिइन् ।

नुवाकोट जिल्लाका १२ वटा स्थानीय पालिकाहरूले ल्याएको नीति तथा कार्यक्रममा लक्षित वर्गलाई वाइपास गरेर बजेट ल्याएको प्रति खबरदारी गर्ने नवनिर्वाचित समितिले जनाएको छ । संघका अध्यक्ष रामबहादुर सुर्खेतीले आफुसंगै सवै सदस्य एकजुट भएर विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका,दुप्चेश्वर गाउँपालिका,, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, ककनी गाउँपालिका,

तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकालाई खबरदारी गर्दै समुदायको हकहितमा काम गर्ने बताए । सरोकारवाला पालिकाले कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएपनि सिंगो समुदायलाई समावेश नगरिएपछि सुशासन तथा संस्थागत क्षमता विकासमा भाँजो हालेको जसका कारण बजेटमा मात्रै होइन, समुदायलाई विभेदीकरण गरेको यस समुदायका अगुवाहरुको आरोप छ ।

तर शिवपुरीका अध्यक्ष गोविन्दप्रसाद थपलिया, ककनीका अध्यक्ष सुमन तामाङ, बेलकोटगढी नगरपालिका मेयर जगत गुरुङले बजेटमा सम्बोधन गरेको बताए । अपेक्षित रुपमा भने नआएको तर्क उनीहरुको छ । पालिकाहरुले करोडौको बजेट विनियोजन गरिरहँदा नुवाकोटमा झण्डै दशप्रतिशत जनसंख्या दलित समुदायको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…


सम्बोधन गरेको जस्तो गरेर कहि आरन सुधारका नाममा केही हजार रूपैया दिएर दलित समुदायलाई ललिपप देखाएको आरोप नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको छ । स्थानीय पालिकाले दलितको माग, गुनासो र सरोकारलाई पुरै अनदेखा गरेको भन्दै उनीहरुले आक्रोष व्यक्त गर्दै ब्राहमणवादी सोच र चिन्तनबाट मुक्त हुन आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.