भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्याज खेतीको क्षेत्रफल र उत्पादन नबढ्दा प्याजको अभाव,व्यापारी र बिचौलियाले गर्न थाले कृत्रिम अभाव

प्याज खेतीको क्षेत्रफल र उत्पादन नबढ्दा प्याजको अभाव,व्यापारी र बिचौलियाले गर्न थाले कृत्रिम अभाव

काठमाण्डौ । व्यापारीले प्याजको मूल्य आफू खुशी तोक्न थालेका छन् । बजारमा प्याजको अभाव भएसँगै प्याजको आयात ठप्प भएपछि बजारमा प्याजको भाउ व्यापारीले आफूखशी तोक्न थालेका हुन । भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि फाइदा उठाउँदै केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन् ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन । उपभोक्ताले प्याज किलोमै १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । थोक मूल्यमै प्याजको भाउ किलोको १५० रुपैयाँसम्म पुगेको छ ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ । बजारमा प्याज अभाव भएपछि चीनबाट ल्याउने तयारी भएको छ ।

केही व्यवसायीले चीनबाट प्याज ल्याउन अर्डर गरिसकेको बताएका छन् । प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.