भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अत्यधिक चिसोका कारण पानी आपूर्ति प्रभावित

अत्यधिक चिसोका कारण पानी आपूर्ति प्रभावित

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तीमा समस्या भएको हो । धारा तथा पाइपको पानी जम्दा दैनिकी कष्टकर बन्दै गएको छ । सडकमा तुसारो जमेको हुँदा दुर्घटनाको जोखिम समेत बढेकाले सजग भएर यातायातका साधन सञ्चालन गर्न अनुरोभ गरिएको छ ।

दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुको विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको छ । खाने तेलदेखि घरभित्र भरेको पानी समेत जमेर ढिक्का जस्तै बन्ने गरेको स्थानीयको भनाई छ ।

यहाँ तापक्रम घटेर माइनस १३ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा समेत बिहानको समयमा पानी आपूर्ति प्रभावित भइरहेको छ ।
अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.