भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच टेलिफोन संवाद, क्षेत्रीय शान्तिमा जोड

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच टेलिफोन संवाद, क्षेत्रीय शान्तिमा जोड

एजेन्सी, १४ बैशाख । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र इरानी राष्ट्रपति मसउद पेजेस्कियनबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै नेताले क्षेत्रीय शान्ति र सुरक्षाका विषयमा छलफल गर्दै स्थायित्व कायम गर्न कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । प्रधानमन्त्री सरिफले पाकिस्तान क्षेत्रीय शान्ति र सुरक्षाका लागि दृढ रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कूटनीतिक प्रयासहरू जारी रहने बताउनुभयो ।

संवादका क्रममा दुवै नेताले वर्तमान क्षेत्रीय अवस्था तथा शान्ति र स्थिरता प्रवर्द्धनका लागि भइरहेका प्रयासबारे विस्तृत विचार आदानप्रदान गरेका थिए । सरिफले हालै इस्लामाबादमा भएको इरानी प्रतिनिधिमण्डलको भ्रमणको प्रशंसा गर्नुभयो । साथै, इरानी विदेशमन्त्री सैयद अब्बास अराघची नेतृत्वको अर्को प्रतिनिधिमण्डलको हालैको भ्रमणलाई पनि स्वागत गर्नुभयो ।

उहाँले पछिल्ला दिनमा विभिन्न विश्व नेतासँग भएका कूटनीतिक प्रयासहरूबारे पनि जानकारी गराउनुभएको छ । ती प्रयासहरूले द्वन्द्वग्रस्त क्षेत्रमा स्थायी शान्तिका लागि वार्ता र कूटनीतिलाई बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । आफ्नो तर्फबाट इरानी राष्ट्रपति पेजेस्कियनले क्षेत्रीय शान्ति प्रयासमा पाकिस्तानको भूमिकाको प्रशंसा गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.