भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी

अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी

काठमाडौं । पाकिस्तानले अफगानिस्तानभित्र सैन्य अभियान सञ्चालन गर्दै २९ जना आतंकवादी मारिएको दाबी गरेको छ। पाकिस्तान सरकारले गोप्य सूचनाका आधारमा मध्यराति उक्त कारबाही गरिएको जनाएको हो।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा डुरान्ड रेखा नजिक स्थलगत अभियान सञ्चालन गरिएको र त्यसपछि जमात–उल–अहरार तथा पाकिस्तान तालिबान आन्दोलन (टीटीपी) का अड्डा र शिविरलाई लक्षित गरी हवाई आक्रमण गरिएको उल्लेख गरेका छन्।

तराडका अनुसार खैबर पख्तूनख्वाको बाजौर क्षेत्र केन्द्रित स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोश जबालसहित जमात–उल–अहरारका अन्य तीन जना सदस्य मारिएका छन्।

यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको आरोप लगाएका छन्। उनका अनुसार महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

मुजाहिदले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण कार्य’को संज्ञा दिएका छन्।

घटनाबारे पाकिस्तान र अफगानिस्तानका पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएपछि वास्तविक क्षतिको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.