भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

प्रचण्ड धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको एमालेको आरोप

प्रचण्ड धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको एमालेको आरोप

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले विपद्‌मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए ।

सांसद गैरेले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ आरोप लगाए । प्रधानमन्त्रीले ‘अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क भइरहेको’ उनले उल्लेख गरे ।

“लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि, बहुमत गुमाएपछि कुनै धारा उपधारा खोज्नु पर्दैन, नैतिक रूपमा सरकार एक मिनेट हैन, सेकेन्ड पनि बस्ने नैतिक आधार रहँदैन,” उनले भने, “तत्काल नयाँ सरकार बनाउन सहज बनाउन अनुरोध गर्दछु ।”

सांसदहरू विद्या भट्टराई र अच्युतप्रसाद मैनालीले पनि नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई अनुरोध गरे ।

 

 


Thali Mobile Pvt.Ltd.