भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने सांसदहरुको माग

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने सांसदहरुको माग

काठमाडौं । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिने धेरैलाई समस्या भएको बताए ।

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा पनि कतिपय ठाउँमा समस्या भएको उनले बताए । पूर्वतयारी गरेर अर्का वर्षदेखि लागू हुने गरी तत्कालका लागि यो कार्य रोक्न उनको माग छ ।

एमालेकै सांससद विद्या भट्टराईले आफैं उपस्थित हुनुपर्ने भएका कारण सामाजिक सुरक्षा भत्ता लिन अक्सिजन सिलिण्डर लिएर वडा कार्यालय पुग्नु परेको देखिएको बताइन् । सरकारले प्रयाप्त छलफल गरेर कुनै पनि योजना लागू गर्नुपर्ने उनको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.