भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्लाको उजहरुपरजिलवा भागा श्रीनगर–३ ठेगाना भएका करिब ५० वर्षीय सउरु चौधरी रहेका छन् ।

प्रहरी टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.