भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १३ फागुन । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखा का अनुसार यस प्रणालीको प्रभावले पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशका हिमाली भूभागमा पनि बदली रहने जनाइएको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार बागमती प्रदेश सहित कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ । गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग र बाँकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.