भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिबाना वा तीन वर्ष कैद

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिबाना वा तीन वर्ष कैद

काठमाडौं, १३ फागुन । फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद सजाय हुन सक्ने भएको छ ।

निर्वाचन आयोग ले जारी गरेको सूचनाअनुसार सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँ जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार गतिविधिलाई विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ । केही स्थानमा दल वा उम्मेदवारको प्रचारप्रसार कार्यक्रममा अवरोध सिर्जना गरिएको गुनासो तथा उजुरी प्राप्त भएको र सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी आएकाले गम्भीर ध्यानाकर्षण भएको आयोगले उल्लेख गरेको छ ।

राजनीतिक दल, उम्मेदवार तथा भातृ संगठनले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था समेटेर निर्वाचन आचारसंहिता जारी भइसकेको छ । उक्त आचारसंहितामा कुनै दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको अवरोध गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन अनुसार निर्वाचनको सिलसिलामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने उद्देश्यले अवरोध गर्न नपाइने व्यवस्था रहेको छ ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको साझा जिम्मेवारी भएको आयोगले जनाएको छ । साथै, निर्वाचनसम्बन्धी कानुन विपरीत कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आयोगले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.