भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यात्रुबाहक बस दुर्घटना हुँदा दक्षिण पेरुमा १० जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना हुँदा दक्षिण पेरुमा १० जनाको मृत्यु

एजेन्सी । यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको भएको छ । दक्षिणी पेरुको पुनो क्षेत्रमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पुनो राजमार्ग प्रहरीका प्रमुख डेभिड सोटा परेडेसले रेडियो प्रोग्रामासलाई बसमा २४ जना यात्रुसहित कस्को सहरतर्फ गइरहेको बताए । पीडितमध्ये छ महिनाको बच्चा पनि रहेको राष्ट्रिय प्रहरीले उद्धृत गरेको छ।

राज्य सञ्चालित टिभी पेरु नोटिसियाले केही गम्भीरसहित घाइतेहरूलाई सान जुआन डे डिओस अयाभिरी अस्पताल र सान्ता रोजा जिल्लाको क्लिनिकमा उपचारका लागि लगिएको जानकारी गराएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.