भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

पाटनमा चक्कु प्रहार गरी दाजुभाइको हत्या, पाँच जना पक्राउ

पाटनमा चक्कु प्रहार गरी दाजुभाइको हत्या, पाँच जना पक्राउ

काठमाडौँ। ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई दाजुभाइको हत्या गरिएको छ। प्रहरीका अनुसार चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागिबी एन्ड बी अस्पताल लगिएको थियो तर उपचारकै क्रममा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न सञ्जीव नेपालीसहित पाँच जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ।

प्रहरीका अनुसार नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा फोन पुगेको थियो। सुरुमा सामान्य कुराकानी भए पनि पछि फोनमै विवाद बढ्दै गएपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएका थिए।

इमाडोलबाट पाटन पुगेका नेम्बाङ दाजुभाइलाई मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.