भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको कडा निर्देशन

अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको कडा निर्देशन

काठमाडौँ, ८ बैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूलाई सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै विद्यालय परिसरभित्र पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री बिक्री वितरण नगर्न पनि स्पष्ट निर्देशन दिएको हो ।

जारी परिपत्रमा केही निजी प्रकाशकहरूले कानुन विपरीत उच्च मूल्य तोक्ने, न्यून गुणस्तरको कागज प्रयोग गर्ने तथा पाठ्यक्रम विकास केन्द्र बाट स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । सरकारको नीति तथा कानुन विपरीतका यस्ता गतिविधिले बालबालिका र अभिभावकमा अतिरिक्त आर्थिक बोझ थपिएको भन्दै केन्द्रले यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

त्यस्तै, पछिल्लो समय केही विद्यालयहरूले आफ्नै परिसरभित्र पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्ने गरेको पाइएकाले सो कार्यसमेत तुरुन्त बन्द गर्न केन्द्रले आग्रह गरेको छ । केन्द्रले स्थानीय तहहरूसँग समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न र नियम उल्लङ्घन गर्ने विद्यालय तथा प्रकाशकलाई कानुनी दायरामा ल्याई विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.