भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको कडा निर्देशन

अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको कडा निर्देशन

काठमाडौँ, ८ बैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूलाई सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै विद्यालय परिसरभित्र पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री बिक्री वितरण नगर्न पनि स्पष्ट निर्देशन दिएको हो ।

जारी परिपत्रमा केही निजी प्रकाशकहरूले कानुन विपरीत उच्च मूल्य तोक्ने, न्यून गुणस्तरको कागज प्रयोग गर्ने तथा पाठ्यक्रम विकास केन्द्र बाट स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । सरकारको नीति तथा कानुन विपरीतका यस्ता गतिविधिले बालबालिका र अभिभावकमा अतिरिक्त आर्थिक बोझ थपिएको भन्दै केन्द्रले यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

त्यस्तै, पछिल्लो समय केही विद्यालयहरूले आफ्नै परिसरभित्र पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्ने गरेको पाइएकाले सो कार्यसमेत तुरुन्त बन्द गर्न केन्द्रले आग्रह गरेको छ । केन्द्रले स्थानीय तहहरूसँग समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न र नियम उल्लङ्घन गर्ने विद्यालय तथा प्रकाशकलाई कानुनी दायरामा ल्याई विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.